राजनीति


नवनिर्वाचित सांसदलाई शेखरको सुझाव: वरिष्ठ नेता र विज्ञसँग सल्लाह गरेर अघि बढ्नुस्

नवनिर्वाचित सांसदलाई शेखरको सुझाव: वरिष्ठ नेता र विज्ञसँग सल्लाह गरेर अघि बढ्नुस्

नेपालखबर
चैत १६, २०८२ सोमबार १५:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोयरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरूसँग नियमित सरसल्लाह गर्न सुझाव दिएका छन्।

सोमबार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरूमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताएका हुन्।

यस पटक वरिष्ठ र पुराना सांसदहरू धेरै नभएको उल्लेख गर्दै कोइरालाले उनीहरूको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे।

नेपाली कांग्रेसले यस्ता कार्यक्रमहरू पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उनले नवनिर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए। 

उनले भने, ‘हामी संसद बाहिर छौँ धेरै साथीहरू यस पटक। त्यो कुरालाई पनि तपाइँहरूले ध्यान दिएर संसदमा कसरी जाने, के गर्ने धेरै पुराना साथीहरू, म भन्दा पनि धेरै पुराना साथीहरू, वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ। उहाँहरूसित, हामीहरूसित सरसल्लाह पनि गर्नुहोला ताकि धेरै इस्युजहरू आउँछ संसदमा, त्यो इस्युजलाई पनि तपाइँहरूले मध्यनजर गरिइकन एक्सपर्टहरूसित, विज्ञहरूसित तपाइँहरूलाई कुनै जरुरत पर्छ छलफल गर्नुपर्छ भने हामी तयार छौँ।’

कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad