राजनीति


ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
चैत १५, २०८२ आइतबार १७:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। 

आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले आइतबार जिल्ला अदालतमा निवेदन दिएको थियो।

सरकारी वकिलले हिरासतमै राख्नुपर्ने माग गरेको थियो भने ओली र लेखकको पक्षमा बहस गरेका कानुन व्यवसायीले हिरासत मुक्त गर्नुपर्ने जिकिर गरेका थिए। 

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अदालतमा उपस्थित गराउन नसकिने सुझाव दिएका थिए। 

जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad