प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्वासित ‘तिब्बत सरकार’का प्रधानमन्त्री सिक्योङ पेन्पा छिरिङले बधाई दिएका छन्।
यसअघि जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारलाई दलाई लामा र सिक्योङ पेन्पा छिरिङले बधाई दिँदा विवाद उत्पन्न भएको थियो।
‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि निरन्तर गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छ। यो सम्बन्धलाई नेपालमा रहेको तिब्बती समुदायले अझ बलियो बनाएको छ, जसले तिब्बत कब्जापछि नेपालमा शरण पाएका थिए। तिब्बती पहिचान जोगाउँदै उनीहरूले नेपालको सामाजिक र आर्थिक संरचनामा योगदान पुर्याएका छन्। यो नेपाल सरकार र जनताको उदारताले सम्भव भएको हो, त्यसका लागि हामी निकै आभारी छौँ,’ सिक्योङले लेखेका छन्,
‘केन्द्रीय तिब्बती प्रशासन’ भनिने सो सरकारका प्रमुख सिक्योङले बालेनको नेतृत्वमा दुई जनताबीचको मित्रता निरन्तर सुदृढ गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया