राजनीति


पूर्वगृहसचिव दुवाडी र काठमाडौँका सीडीओ रिजाल तत्काल पक्राउ नपर्ने

पूर्वगृहसचिव दुवाडी र काठमाडौँका सीडीओ रिजाल तत्काल पक्राउ नपर्ने

गोकर्णमणि दुवाडी र छविलाल रिजाल।


नेपालखबर
चैत १५, २०८२ आइतबार १४:८, काठमाडौँ

सरकारले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल पक्राउ नगर्ने भएको छ। 

मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षा निकायबाहेक अरुको हकमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जसमा कारबाहीको सूचीमा दुवाडी र रिजाल पनि थिए। 

तर गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि पठाएको पत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई मात्रै पक्राउ गर्न निर्देशन दिएको छ। दुवाडी अवकास भइसकेका छन्। रिजाल अहिले पनि कार्यरत छन्। 

सरकारले सुरक्षाकर्मी र कर्मचारीलाई तत्काल कारबाही नगर्ने नीति लिएको छ। उनीहरूको हकमा अध्ययन गर्न अर्को समिति बनाउने र उक्त समितिको सिफारिस अनुसार गर्ने सरकारको निर्णय छ। 

ओली र लेखकलाई भने शनिबार पक्राउ गरेको थियो। आइतबार म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी छ।

पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा छन्। उनलाई स्वास्थ्यका कारण अस्पतालमै राखिएको छ। 

लेखकलाई भने प्रहरी कार्यालयमै राखिएको छ। लेखकलाई अदालतमा उपस्थित गराइसकिएको छ। ओलीलाई उपस्थित नगराइ भिडिओ कन्फ्रेन्समार्फत नै म्याद थप गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad