राजनीति


काठमाडौँमा एमालेको प्रदर्शन सुरु (तस्बिरहरू)

काठमाडौँमा एमालेको प्रदर्शन सुरु (तस्बिरहरू)

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
चैत १५, २०८२ आइतबार १३:३०, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा (एमाले)ले प्रदर्शन गरेका छन्। 

एमालेका जनवर्गीय संघसंगठले आईतबार माइतीघरमा प्रदर्शन गरेका हुन्। पूर्वप्रधानमन्त्री ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। 

उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले अध्यक्ष ओलीलाई विना शर्त रिहा गर्न पनि माग गरेका छन्। 

अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो। पक्राउपछि शनिवार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो। 

एमालेले आईतबार देशभरका जिल्ला प्रशासन कार्यालयबाट सरकारको विरोधमा ज्ञापनपत्र समेत बुझाएको छ। अध्यक्ष ओली पक्राउ परेसँगै एमालेले कानुनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडि बढाएको हो। 

एमालेको प्रदर्शनका कारण काठमाडौँको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। माइतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यस्तै, आइतबार एमाले नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेका छन्। उनीहरू विरोधपत्र बुझाउन प्रशासन कार्यालय पुगेका हुन्। प्रहरीले भने विरोधपत्र बुझाउन १० जनालाई मात्रै भित्र छिर्न अनुमति दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad