नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको नेकपाका सांसद मातृका यादवले जानकारी दिए।
‘आज दिउँसो १ बजे पेरिसडाँडामा बस्नेगरी बैठकको खबर आएको छ,’ यादवले नेपालखबरसँग भने।
गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्ष र समानुपातिक गरी १७ सिटमा जित निकालेको छ।
आजको बैठकबाट नेकपाले संसदीय दलको नेता चयन गर्ने सम्भावना छ। नेकपाले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ।
798
Shares

प्रतिक्रिया