राजनीति


सांसदको शपथलगत्तै सर्वोच्च पुगेर तारिख बुझे बालेनले

सांसदको शपथलगत्तै सर्वोच्च पुगेर तारिख बुझे बालेनले

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा सांसदको शपथ लिए लगत्तै सर्वोच्च अदालत पुगेर तारिख बुझेका छन्। 

अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर तारिख बुझ्न शाहलाई सर्वोच्चले आदेश दिएको थियो। सोही अनुसार बिहीबार उनी सांसदको शपथ लिए लगत्तै सर्वोच्च अदालतमा हाजिर भएका हुन्। 

उनीविरुद्धको अवहेलना मुद्दाको पेसी तारिख आउँदो जेठ १४ गतेलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। 

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनीविरुद्ध तीन वर्षअघि अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अवहेलना मुद्दामा आफै उपस्थित हुन आदेश भएकाले शाह तारिख बुझ्न गएका हुन्। 

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशविरुद्ध भारतसँग जोडेर अदालतविरुद्ध दिएको अभिव्यक्तिका कारण अवहेलना मुद्दा दायर भएको थियो। शाहले जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने जिकिर गर्दै सामाजिक सञ्जालमा लेखेका थिए। 

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले वारेस राख्न नपाउने र आफै उपस्थित हुन आदेश दिएको थियो।

सर्वोच्चमा तारेख बुझेसँगै उनी रास्वपा केन्द्रीय कार्यालय, वनस्थली पुगेका थिए। रास्वपा संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको छ। यससँगै उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad