राजनीति


देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौं: एमाले सांसद नेम्वाङ

देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौं: एमाले सांसद नेम्वाङ

नेपालखबर
चैत १२, २०८२ बिहिबार १६:३२, काठमाडौँ

नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताएका छन्।

बिहीबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमिकमजोरी भए रचनात्मक सुझाव दिने बताए। 

उनले भने, ‘देश र जनताको हितमा काम गर्नुपर्छ। अवश्य पनि मलाई विश्वास छ उहाँहरूले गर्नुहुन्छ। उहाँहरूले देश र जनताको हितमा काम गरेको बखत हामी साथ दिन्छौँ। कमिकमजोरी रहेछ भने हामीले रचनात्मक हिसावले सम्झाउने तथा सल्लाह दिने काम गर्छौँ।’

सांसद नेम्वाङले जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad