राजनीति


प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित: आयोग

प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित: आयोग

नेपालखबर
चैत ११, २०८२ बुधबार १६:४६, काठमाडौँ

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ। 

बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन गरेका हुन्।

उनले कुनैपनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रुपमा व्याख्या गरे। उनले निर्वाचन अवधीभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गरे।

उनले विशेषगरी जेन–जी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उल्लेख गरे।

अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको उनले उल्लेख गरे। 

उनले भने, ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिकरुपमा शान्तीपूर्ण रुपले निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा कुनैपनि मतदान केन्द्रमा झैझगडा वा अन्य कुनै विवादका कारण अप्रिय घटना भएनन्। र कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपरेन । अन्तरराष्ट्रिय पर्यवेक्षण संस्थाहरुबाट पनि यो निर्वाचन शान्तीपूर्ण ढंगले सम्पन्न भएको ऐतिहासिक निर्वाचन भनि प्रशंसासहित मूल्याङ्कन गरिएका प्रतिवेदन प्राप्त भएका छन्।’

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad