राजनीति


वाम एकताको राग फोहर गरेपछि दैलो देखेजस्तै: गोकुल बास्कोटा

वाम एकताको राग फोहर गरेपछि दैलो देखेजस्तै: गोकुल बास्कोटा

नेपालखबर
चैत ११, २०८२ बुधबार ११:५७, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले फेरि वाम एकताको कुरा गर्नु भनेको फोहर गरिसकेपछि दैलो देखेजस्तै भएको भनी कटाक्ष गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत यसको साटो बरु आफ्नै पार्टी र नेतृत्व पुनर्गठन गर्नु बेस हुने बताएका छन्। 

‘फेरि वाम एकताको राग चल्न लागेछ। यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छेले मसीको प्रमाण खोज्न हिडेझैँ फोहर गरेपछि दैलो देखेजस्तै हो’, पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बास्कोटाले लेखेका छन्, ‘आन्दोलनको पुनर्जागरणभित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु बेस। मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad