राजनीति


कांग्रेस बैठकका ५ एजेन्डा तय, केन्द्रीय समितिमा सभापति थापाले सम्बोधन गर्दै

कांग्रेस बैठकका ५ एजेन्डा तय, केन्द्रीय समितिमा सभापति थापाले सम्बोधन गर्दै

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८२ मंगलबार १३:२१, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ५ वटा एजेण्डामाथि छलफल हुने भएको छ।

 पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले ५ वटा एजेण्डा पेस गर्न लागेका हुन्।

समसामयिक संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन्।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन्। थापाले प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रुपमा आफ्नो धारणा केन्द्रीय समिति बैठममा राख्दै छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad