राजनीति


रेणुको हारमा दुःख मान्दै ओलीले भने- चितवनका जनताले कामको मूल्यांकन गर्छन् भन्ने लागेको थियो

रेणुको हारमा दुःख मान्दै ओलीले भने- चितवनका जनताले कामको मूल्यांकन गर्छन् भन्ने लागेको थियो

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:६, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रेणु दाहाल पराजित भएकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन्। 

पृतिशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न सोमबार गंगा दाहालसँगै नेकपा नेत्री दाहाल भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेकी थिइन्। समवेदना प्रकट गर्न पुगेकी दाहालसँग ओलीले चुनावका विषयमा पनि कुराकानी गरेका हुन्। 

चुनावी कुराकानीका क्रममा ओलीले नेत्री दाहाल जित्ने विश्वासमा आफू रहेको सुनाए। ‘नहार्नुपर्ने हो। सबैलाई मिलाएर काम गरेको, विकास गरेको मान्छेले जित्नुपर्ने हो,’ ओलीले दाहालसँग भने, ‘छोरीले मलाई चाहिँ तिमीले हार्छ्यौ जस्तो लागेको थिएन।’

पूर्वप्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाको मेयर भएर दाहालले गरेको कामको चर्चा गरेका थिए। त्यो कामले गर्दा पनि हार्नु नपर्ने ओलीको भनाइ थियो। ‘चितवनका जनताले कामको मूल्यांकन गर्छन भन्ने लागेको थियो,’ ओलीले थपे, ‘कामका हिसाबले तिमी जित्नुपर्ने हो, हार्छ्यौ जस्तो लागेको थिएन।’

एमाले अध्यक्ष ओली र नेकपा नेत्री दाहालबीच आधा घण्टा कुराकानी भएको थियो। त्यसका क्रममा दाहालले पृतिशोकमा रहेका ओलीप्रति समवेदना प्रकट गरेकी थिइन्। उनले ओलीका पिता मोहनप्रसाद ओलीको तस्बिरमा फूलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा एमाले अध्यक्ष ओली झापा-५ बाट पराजित भएका थिए। त्यस्तै, नेकपा नेत्री दाहाल चितवन-३ बाट पराजित भएकी थिइन्। उनी भरतपुर महानगरको मेयरबाट राजीनामा दिएर उम्मेदवार बनेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad