नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा हार ब्यहोर्नुको ५ कारण निकालेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले व्यक्तिगत नभइ संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको हो।
उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि भएको छलफलबाट बैठकले चुनाव हार्नुका पाँच कारण औँल्याएको छ। साथै, तल्ला तहबाट प्रतिवेदन आएपछि फेरि समीक्षा गर्ने निर्णय बैठकले गरेको छ।
यी हुन् कांग्रेसले देखेको चुनाव हार्नुका पाँच कारण
१) चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।
२) गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।
३) विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत) का कारण जनआक्रोश बढ्नु।
४) जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।
५) डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरूलाई प्रतिकृयात्मक लाभ पुग्नु।
Shares

प्रतिक्रिया