समाज


राशिफल ९ चैत : वृषको पारिवारिक सम्बन्धमा चिसोपन आउने, मिथुनलाई खुसियालीको माहोल, तपाईँको के?

राशिफल ९ चैत : वृषको पारिवारिक सम्बन्धमा चिसोपन आउने, मिथुनलाई खुसियालीको माहोल, तपाईँको के?

नेपालखबर
चैत ९, २०८२ सोमबार ४:३५, काठमाडौँ

आज सोमबार, ९ चैत २०८२ (२३ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: जोस, जाँगर र हिम्मत बढ्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृष: सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग छ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। भिन्नता नै भविष्यको हस्ताक्षर हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मिथुन: कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। समाजसेवामा मन लाग्नुका साथै न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट: प्राविधिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सुखदु:ख बराबरी खालको समय छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: अनावश्यक धन खर्च हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। स्थिर सोच, शान्ति र सफलता एकअर्काका साथी हुन् भन्ने बुझ्नु पर्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला: धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धन हात लाग्न सक्छ। तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: नयाँ कार्यको योजना बन्नेछ। धर्म र कर्ममा मन लाग्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। कृषिक्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: साथीभाइबाट धोका हुनसक्छ, सचेत रहनुहोला। आत्मबलमा कमी आउनेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ, तर वैदेशिक काम भने सफल रहनेछ। मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। रमाइलो यात्राको योग छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: परोपकार तथा पुण्य आर्जनमा संलग्न भइनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। सेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad