राजनीति


जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

नेपालखबर
चैत ८, २०८२ आइतबार १९:५८, काठमाडौँ

नेपाली कांग्रेसले जेन्जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार र आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।

२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित कार्की नेतृत्वको आयोगको टोलीले फागुन २४ गते सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो।

जाँचबुझ आयोगले गत असोज ८ गतेबाट काम थालेर फागुन २२ गतेसम्मको समय लगाएर प्रतिवेदन तयार पारेको थियो। चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेपनि सार्वजनिक गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad