सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूकहाँ खटाइएका सुरक्षाकर्मीमा कोरोना देखिएकोले स्थायी समिति बैठक रोकिएको भन्ने दाबीलाई खण्डन गरेका छन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एउटा अन्तर्वातामा उठाएको सो प्रशंगप्रति व्यंग्य गर्दै रावलले ट्विटरमा लेखेका छन्, ‘यस्तै मन्द बुद्धिका कारण समस्या बेढका छन्।’
उनले नेकपा स्थायी समितिको बैठक तीन महिनामा एक पटक बस्नुपर्ने भएपनि पाँच महिना भन्दा लामो समय भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले बैठक नबोलाउने बहाना खोजेको आरोप लगाएका छन्।
रावलले कोरोना संक्रमण देखिएका ति ति सुरक्षाकर्मी आफूकहाँ एक महिना अघिदेखि नरहेको र त्यस अघि पनि निकट सम्पर्कमा नरहेको सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।
रावलको सुरक्षामा फर्किने तयारीमा थिए सशस्त्र जवान, संक्रमण देखिएपछि रोकिए
सरकारले राजनीतिक दल विभाजन र संवैधानिक परिषद सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि त्यसबारे पार्टीमा छलफल गर्न माग गर्दै रावलसहित २० सदस्यले बैठकको माग गरेका थिए। तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समय बोलाउन आलटाल गर्दै आएको बैठक आज बस्ने तयारी थियो।
के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् ।तथ्य यस्तो छ: pic.twitter.com/XqgjZwRBcT

प्रतिक्रिया