पछिल्लो समय कोरोना भाइसर (कोभिड १९) का संक्रमितको संख्या बढीरहेका बेला थप दुई जना निको भएर घर फर्केका छन्।
बुधबार बुटवलमा उपचाररत २५ वर्षीया पुरुष ११ औँ दिनमा र भरतपुर अस्पतालमा उपचाररत चितवनकी ६३ वर्षीया महिला २६ औँ दिनमा निको भएर घर फर्केका हुन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको जानकारी दिएका हुन्।
प्रवक्ता देवकोटाले बुधबार निको भएर फर्कने दुई जनासँगै कूल निको हुनेको संख्या ३५ पुगेको जानकारी दिए।
आजै बाँकेका १ र कपिलवस्तुका १ जनामा कोरोना संक्रमण भेटिएको उनले जानकारी दिए। बाँकेका २६ वर्षीय पुरुषको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलबस्तुका २२ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

प्रतिक्रिया