राजनीति


जनताले पुराना दललाई ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन्: रवि लामिछाने

जनताले पुराना दललाई ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन्: रवि लामिछाने

नेपालखबर
चैत ४, २०८२ बुधबार १३:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन्। 

रास्वपा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सम्हालिएर काम गर्नुपर्ने बताएका छन्।

सत्ता प्राप्तिपछि पुराना दलले जस्तो जनतालाई वेवास्ता गर्न नहुने उनको भनाइ थियो।, ‘शक्ति प्राप्त गरेपछि आँखामा जुन पट्टी आउँछ, अब हामीले त्यो पट्टी खोल्न सक्नुपर्छ’, उनले भने। 

पहिलो जस्तो जनताले अब धेरै समय नकुर्ने उनले जिकिर गरे। ‘नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३४, २५, ३६ वर्षसम्म कुरे। तपाई हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनुहोला,’ लामिछानेले भने। 

जनतामा चेतना आइसकेको उनको भनाइ थियो। त्यसैले जनतालाई कम आक्न नहुने उनको भनाइ थियो। ‘जनतामा अब्बल चेनता आएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad