नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
समानुपातिक सांसद छान्ने प्रमुख एजेन्डाका साथ बैठक कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे सुरु भएको हो।

बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये २० जनालाई प्रतिनिधिसभा सदस्यका रूपमा छनोट गरी नाम निर्वाचन आयोगमा पठाउने छ।
कांग्रेसले खसआर्य र आदिवासी जनजातिबाट ६/६ जना छान्ने छ।
यस्तै मधेसी र दलितबाट ३/३ जना समेट्नेछ भने थारू र मुस्लिम समुदायबाट एक-एक जनालाई समानुपातिक सांसद बनाउनेछ।
यस्तै एकजना पिछडिएको क्षेत्रबाट छान्नुपर्नेछ।
प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ।
141
Shares

प्रतिक्रिया