राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा सभापति रवि लामिछाने भने सहभागी भएका छैनन्। उनी भर्चुअल तरिकाबाट बैठकमा जोडिएका रास्वपाले जनाएको छ।
रास्वपाको आजको बैठकले समानुपातिक तर्फबाट सांसद बन्नेहरूको टुंगो लगाउने छ।
निर्वाचन आयोगले समानुपातिकतर्फकै अन्तिम नामावली आजसम्ममा बुझाइ सक्नुपर्ने जनाएको छ।
प्रत्यक्षतर्फ १२५ सिटमा जित निकालेको रास्वपाले समानुपातिक तर्फ ५७ सिट पाएको छ।
642
Shares

प्रतिक्रिया