नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन (बीपी नगर, ललितपुर) मा बस्ने छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि कांग्रेसले निर्देशन दिएको छ।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न भनी गत बिहीबार दलहरूलाई पत्र पठाएको छ।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्राप्त मतका आधारमा कांग्रेसले समानुपातिकतर्फ २० सिट पाएको छ भने प्रत्यक्षतर्फ १८ स्थानमा विजय हासिल गरेको छ।
कांग्रेस अब बन्ने प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि दोस्रो दल बनेको छ।
Shares

प्रतिक्रिया