राजनीति


महावीर पुनको चुनावी खर्च साढे २८ लाख

महावीर पुनको चुनावी खर्च साढे २८ लाख

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १२:१८, काठमाडौँ

प्रतिनिधि सभामा म्याग्दीबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार महावीर पुनले खर्च सार्वजनिक गरेका छन्। 

पुनका निर्वाचन प्रतिनिधि चित्रबहादुर तिलिजा पुनले सार्वजनिक गरेको विवरणमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। पुनको चुनावी प्रचारप्रसारका क्रममा सबैभन्दा कम मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको छ। 

त्यस्तै, सबैभन्दा बढी प्रचारप्रसारमा खटिएको टोलीको खाना र होटलको बासमा खर्च भएको जनाइएको छ। यसमा १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको छ। उनको चुनावमा ३० जनाको टोली परिचालन भएको थियो। 

यसैगरी, यातायात र मर्मतमा ६ लाख ६० हजार ९९८, डिजेलमा ३ लाख ६० हजार ४९९, प्रचार प्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ र चालक ज्यालामा एक लाख ४० हजार खर्च भएको छ। 

त्यस्तै, मनोनयन दर्तामा १० हजार, स्टेसनरीमा २५ हजार ३ सय र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको छ। 

स्वतन्त्र उम्मेदवार पुन म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad