अपराध


जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदीबन्दी पक्राउ

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १२:३४, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा भागेका कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सिन्धुपाल्चोकको पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङको बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल पक्राउ परेका छन्।

नुमेशलाई जबर्जस्ती करणी र नवराजलाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। 

नुमेशलाई जबर्जस्ती करणी र नवराजलाई सरकारी कागजछाप दस्तखत कीर्तेमा मुद्दा लागेको थियो। जेनजी आन्दोलनका क्रममा नुमेश केन्द्रीय कारागार सुन्धारा र नवराज जिल्ला अदालत काठमाडौँबाट फरार रहेका थिए। 

नुमेशलाई स्वयम्भु र नवराजलाई वसुन्धराबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad