राजनीति


अन्तिम चरणमा समानुपातिक मत गणना, नेकपाले कटायो ८ लाख मत

अन्तिम चरणमा समानुपातिक मत गणना, नेकपाले कटायो ८ लाख मत

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८२ बुधबार ७:५१, काठमाडौँ

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८ लाख मत कटाएको छ। 

हालसम्म एक करोड १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको थियो। 

अहिलेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फ खसकेको मतको आधारमा नेकपा चौथो स्थानमा छ। प्रत्यक्षमा जम्मा ८ सिटमा मात्रै जित निकालेको नेकपाले अहिलेसम्म समानुपातिक तर्फ ८ लाख चार हजार १७१ मत प्राप्त गरेको छ। 

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ। 

त्यसैगरि नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाउँदा एमालेले अहिलेसम्म १४ लाख ४८ हजार ४१२ मत पाएको छ। 

त्यसैगरि हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २९ हजार ४६६ मत पाएको छ। 

निर्वाचनमा खसेको र अहिलेसम्म गणना सकिएको मतको आधारमा ६ दलले मात्रै थ्रेस होल्ड कटाउन सक्ने देखिएको छ। 

उपेन्द्र यादवल नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले अहिलेसम्म १ लाख ७४ हजार ३१४ मत प्राप्त गरेको छ भने उज्यालो नेपाल पार्टीलेसमेत समानुपातिकतर्फ मत मागेको राष्ट्रिय परिवर्तन पार्टीको बाँसुरी चिह्नमा अहिलेसम्म १ लाख ७१ हजार ४९७ मत मात्रै खसेको छ।

अब करिब अढाई लाख मतगणना हुन बाँकी रहेको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad