ad ad

राजनीति


कोरोनापछिको आर्थिक संकट टार्न गाँजा खेतीलाई वैधानिकता दिन माग (भिडियाे)

कोरोनापछिको आर्थिक संकट टार्न गाँजा खेतीलाई वैधानिकता दिन माग (भिडियाे)

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ११:४२,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका लागि मार्ग प्रशस्त गरी बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन्।

मंगलबार संदद बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले कोरोना संकटपछि आर्थिक क्षेत्रमा ठूलो समस्या आउन सक्ने तर्फ संकेत गर्दै किसानहरुलाई गाँजा खेतितर्फ प्रेरित गर्न यहि बजेट अधिवेशनबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए। विश्वका विकसित मुलुकहरुले समेत यसलाई मान्यता दिएको अवस्थामा नेपालमा पनि यसको विस्तार गरी किसानको हात हातमा पैसा आउने बाटो खुला हुने बताए।

जलविद्यूतमा जति लगानी गरेपनि सिमित व्यक्तिहरुको हातमा मात्रै पैसा पुग्ने उल्लेख गर्दै उनले भने, ‘मान्छे हाइड्रो पावरका कुरा गर्छन् के गर्छन् त्यो सिमित व्यक्तिको हातमा पैसा जाला। देशमा राजस्व पनि आउला त्यो राजस्व छरिएर जाँदा गाउँमा पनि पुग्ला। तर प्रत्येक किसानको हातमा पैसा पुग्ने भनेको गाँजा खेती हो। त्यसतर्फ यही अधिवेशनबाट केही न केही गर्न सकियो भने जुन अहिले आर्थिक स्थिति डामाडोल भयो भनेका छौँ त्यसलाइ यसले राम्रो राहत दिन्छ भन्ने मेरो विश्वास हो। यस्तो बेलाको सदुपयोग गरौँ मेरो अनुरोध छ। सामान्य ढंगले नलिन आग्रह गर्छु।’

कृषि क्षेत्रलाई सुधार गरी त्यसको भर पर्न नसकिए विदेशबाट फर्किने लाखौ नेपालीहरुको व्यवस्थापनमा समस्या हुन सक्ने तर्फ उनले सचेत गराए। हरेक वर्ष मल हाल्ने बेलामा मल अभाव हुने समस्यालाई सम्बोधन गरी मल खरिदमा हुने भ्रष्टाचार अन्त्य गर्न पनि उनले आग्रह गरे।

हरेक समस्याले अवशर पनि ल्याउँछ भन्ने कुरा भूकम्प प्रभावित जिल्लामा निर्माण भएका विद्यालय भवनहरुले पुष्टि गरेको उल्लेख गर्दै अहिलेको समस्यालाई अवशरमा बदल्नुपर्ने बताए। सम्भावित अनुमान, आँकलनको तयारी गरी अगाडी बढ्नुको विकल्प नभएकोले तत्काल गर्न सक्ने कुरामा सरकार आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने उनले बताए।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .