राजनीति


दुईतिहाइका लागि रास्वपालाई नपुग्न सक्छ १ सिट

दुईतिहाइका लागि रास्वपालाई नपुग्न सक्छ १ सिट

प्रतिनिधि सभामा समानुपातिकसहित दलहरूले पाउनसक्ने सिट संख्या।


नेपालखबर
फागुन २६, २०८२ मंगलबार १५:५८, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। 

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५, नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन्। 

त्यस्तै, समानुपातिकतर्फ मंगलबार अपराह्न पौने ४ बजेसम्म १ करोड ५ लाख १४ हजार २५८ मतगणना भएको छ। जसमध्ये रास्वपाले सबैभन्दा बढी ५० लाख ४० हजार ५२२ मत पाएको छ। 

यसैगरी, कांग्रेसले १७ लाख ७ हजार ७३४, एमालेले १४ लाख २४ हजार ४२८, नेकपाले ७ लाख ७६ हजार ४२८, श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४०६ र राप्रपाले ३ लाख २६ हजार ६०२ मत पाएको छ। अन्य दलले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ।

त्यस्तैले समानुपातिकतर्फ ६ दलले मात्रै सिट पाउने भएका छन्। यसका आधारमा समानुपातिक तर्फ रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १७, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट हाराहारी पाउने भएका छन्। 

दुवै तर्फको गरेर प्रतिनिधि सभामा रास्वपाका १८३, कांग्रेसका ३७, एमालेका २५, नेकपाका १७, श्रम संस्कृतिका ७ र राप्रपाका ५ सिट हुने देखिएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad