समाज


शुक्लाफाँटामा बाघ गणना सुरु

शुक्लाफाँटामा बाघ गणना सुरु

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १६:२१, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ। 

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

आज बिहान एक कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको हो। शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

यसअघि ४३ पाटेबाघ गणना गरिएको शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो। 

आहार प्रजातिको पर्याप्तताका कारण यहाँ बाघको सङ्ख्या धेरै भएको जनाइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिनाका साथै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad