इलाम १ मा कांग्रेस उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
मत गणना जारी रहेको इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबिच कडा प्रतिस्पर्धा चलिरहेको छ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार यहाँ कांग्रेसका निश्कल राईले १२ हजार १३० मत पाएका छन्।
उनलाई हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले ११ हजार ५९१ मतसहित पछ्याइरहेका छन्।
उनीहरूबिचको मतान्तर ५३९ छ। यसअघि उनीहरूबिच १९८ मात्रै मतान्तर थियो। पछिल्लो गणनामा कांग्रेस उम्मेदवारले लिम्बुसँगको मतान्तर ३४१ ले बढाएका छन्।
त्यसैगरि तेस्रो स्थानमा रहेका एमालेका काजीमान कागतेले १० हजार ९०५ मत ल्याएका छन्।
पाँचौँ स्थानमा रहेका नेकपाका रनबहादुर राईले अहिलेसम्म जम्मा ६ हजार ३५७ मत पाएका छन्।
2.7k
Shares

प्रतिक्रिया