एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेको संखुवासभामा रास्वपाका उम्मेदवारले मतान्तर घटाउँदै लगेका छन्।
मतगणना जारी रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले १० हजार ९९७ मतसहित अहिलेसम्म अग्रता कायम गरिरहेका छन्।
कार्कीलाई पछ्याइरहेका रास्वपाका मिङमा शेर्पाले पनि १० हजार ५०५ मत ल्याएका छन्। यहाँ रास्वपाका उम्मेदवारले मतान्तर घटाएर ४९२ मा झारेका छन्।
यसअघिको विवरणमा उनीहरूबिचको मतान्तर ९८३ थियो।
यहाँ नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ र श्रम संस्कृति पार्टीका उम्मेदवार उमा कुमारी राई पछि छन्।
कांग्रेसका श्रेष्ठले अहिलेसम्म ८ हजार ३०७ मत पाएका छन् भने श्रम संस्कृति पार्टीकी राईले ६ हजार ६७२ मत ल्याएकी छन्।
यहाँ नेकपाकी सरिता थापाले जम्मा २२ सय ५४ मत ल्याएकी छन्।
6.9k
Shares

प्रतिक्रिया