ad ad

राजनीति


उपत्यकाबाट जनमोर्चाका ३६ कार्यकर्ता पक्राउ

उपत्यकाबाट जनमोर्चाका ३६ कार्यकर्ता पक्राउ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ९:५६,

दार्चुलाको लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका क्रममा उपत्यकाबाट ३६ नेता, कार्यकर्ता पक्राउ परेका छन्।

उपत्यकाका ५ ठाउँमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले चार ठाउँमा हस्तक्षेप गरी नेता कार्यकर्तालाई पक्राउ गरेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ।

प्रहरीले जुलुशको तयारी गरिरहेका ८ नेतालाई कपनस्थित केन्द्रीय कायालय परिसरबाटै पक्राउ गरेका छ भने कलंकी चोकबाट चार जना, बनस्थलीबाट ११ जना र रत्नपार्कबाट १३ जनालाई गिरफ्तार गरेको छ।

पक्राउ पर्नेहरुमा राजमोका केन्द्रीय सचिव हिमलाल पुरी, पूर्व सचिव कृण्ण अधिकारी, नेकपा(मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकश पुरी, राजमो नेताहरु आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल, महिला संघका अध्यक्ष मिना पुनलगायत छन्।

गोंगबुमा भने प्रहरीको आँखा छल्दै राजमोले प्रदर्शन गरेको छ। सभालाई नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मी र राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपानेले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .