राजनीति


१४७ सिटको नतिजा घोषणा, बाँकी १८ क्षेत्रमा कसको अग्रता?

१४७ सिटको नतिजा घोषणा, बाँकी १८ क्षेत्रमा कसको अग्रता?

नेपालखबर
फागुन २४, २०८२ आइतबार १४:४५, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। 

देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये १४७ सिटको परिणाम आइसकेको छ।

जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११६ जितेको छ भने ९ सिटमा अग्रता लिइरहेको छ। 

सुनसरी २ र ४, महोत्तरी ४, बर्दिया २, रामेछाप, गोरखा २, नुवाकोट, कैलाली २ र गोरखा १ मा रास्वपाका उम्मेदवार अघि लागिरहेका छन्।

अहिलेसम्म नेपाली कांग्रेसले १७ सिट जितेको छ। १८ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा कहीँ पनि कांग्रेसको अग्रता छैन।

यस्तै नेकपा एमालेले ७ सिट जितेर तीन क्षेत्रमा अग्रता बनाइरहेको छ। संखुवासभा, इलाम–१ र अछाम–२ मा एमाले अगाडि छ। 

यसैगरी नेकपाले ६ सिट जित्दै २ क्षेत्रमा अग्रता कायम गरेको छ।

श्रम संस्कृत पार्टीले २ सिट जितेर १ क्षेत्रमा अग्रता बनाएको छ।

श्रम संस्कृति पार्टीले भोजपुर अग्रता बनाइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad