राजनीति


जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत

नेपालखबर
फागुन २३, २०८२ शनिबार १७:१०, काठमाडौँ

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्।

शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन्। शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मतमा रोकिए।

कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे।

रास्वपाकी उमेदवार विनीता कठायतले ४२१ मत मात्र प्राप्त गरिन्। सदरको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि कडायतको जमानत जफत भएको छ । कठायत यसअघि रास्वपाको समानुपातिक सांसद थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad