राजनीति


पूर्वसहकर्मीसँग लज्जाजनक हारको संघारमा नारायणकाजी, मतान्तर कति?

पूर्वसहकर्मीसँग लज्जाजनक हारको संघारमा नारायणकाजी, मतान्तर कति?

नेपालखबर
फागुन २३, २०८२ शनिबार १४:४७, काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रास्वपाका उम्मेदवारसँग भारी मतान्तरले पछि परेका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार रास्वपाका नरेन्द्र साह कलवारले श्रेष्ठलाई १६ हजार १९ मतले पछि पारेका हुन्। 

पछिल्लो मत परिणामअनुसार साहले २५ हजार १५८ मत पाउँदा श्रेष्ठले ९ हजार १३९ मत ल्याएका छन्। 

श्रेष्ठलाई प्रतिस्पर्धामा निकै पछि पार्ने कलवार नेकपाकै पूर्व नेता हुन्। उनी यसपटक नेकपाले टिकट नदिने भएपछि मनोनयनको अघिल्लो दिन मात्रै रास्वपामा प्रवेश गरेका थिए। 

०७९ सालको निर्वाचनमा सर्लाहीबाट एमालेका हरि उप्रेती विजयी हुँदा तत्कालीन माओवादी केन्द्रका कलवार थोरै मतले पराजित बनेका थिए। 

उतिबेला ३२ हजार ९३८ मत ल्याएर कलवारलाई पराजित गरेका उप्रेतीको यसपटक झन् लज्जाजनक हारको संघारमा छन्। 

उतीबेला उप्रेतीसँग कलवार ३२ हजार १६८ मत ल्याएर पराजित भएका थिए। यसपटक उनै कलवारले नेकपा छाडेर नारायणकाजीलाई चुनौती दिएका हुन्। 

यहाँ कांग्रेसका विनोद खनालले ३ हजार ६०२ मत पाउँदा कुलमानको पार्टी उज्यालो नेपालका त्रिभुवन कुमार सिंहले २ हजार २९ मत पाएका छन्।   

हरिवनस्थित नापी कार्यालयको सभा हलमा सर्लाही ३ को मतगणना जारी छ। सर्लाही ३ मा एकलाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad