राजनीति


डोटीमा कांग्रेसका भरत खड्काले लिए अग्रता

डोटीमा कांग्रेसका भरत खड्काले लिए अग्रता

नेपालखबर
फागुन २३, २०८२ शनिबार ५:१८, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका भरतबहादुर खड्काले अग्रता लिएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शनिबार बिहान ५ बजेसम्म ३१ हजार ६८७ मत गणना हुँदा खड्काले १९२ मतले अग्रता लिएका हुन्। उनले ९ हजार १७१ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का दीपकबहादुर धामीले ८ हजार ९७९ मत प्राप्त गरेका छन्। उनले सुरुवातदेखि अग्रता लिएका थिए। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रबहादुर खड्काले ६ हजार ४८४, नेकपाका त्रिलोचन भट्टले ४ हजार २७९ र राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ३२२ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad