प्रतिनिधि सभाको निर्वाचनमा डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. ताराप्रसाद जोशीले अग्रता बढाउँदै लगेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शनिबार बिहान ४ बजेसम्म डा. जोशीले २ हजार ९ सय मतले अगाडि छन्। उनले ८ हजार ४३१ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले ५ हजार ४४१ मत पाएका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)क मानसिंह पालले ४ हजार १३१ मत पाएका छन्।
त्यसैगरी, नेकपा (एमाले)का चक्र स्नेहीले १ हजार ८५८ र राप्रपाका गोविन्द खडायतले २४५ मत पाएका छन्।
300
Shares

प्रतिक्रिया