ad ad

राजनीति


लिपुलेक अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गरौँ : देव गुरुङ

लिपुलेक अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गरौँ : देव गुरुङ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ७:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लिपुलेकमा भारतले नेपाली भू–भाग अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले भारतले निरन्तर रुपमा नेपाली भूभाग अतिक्रमण गर्दै आएको भन्दै यो मुद्दालाई अन्तिराष्ट्रियकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेकपाका स्थायी समिति समेत रहेका गुरुङले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको, नेपालको भूभाग ३७२ वर्गकिमी नेपाली भूभाग अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको र कालापानीमा सेना तैनाथ गरेको भन्दै भत्र्सना गरे।

उनले नेपाल सरकारका तर्फबाट सो भू–भाग फिर्ता लिन अभिलम्ब कूटनीतिक पहल गर्न समेत उनले आह्वान गरे।

‘नेपाल सरकारको तर्फबाट सो जमिन फिर्ताका लागि अबिलम्ब कूटनीतिक पहल गर्न आग्रह गर्दछु’, प्रमुख सचेतक गुरुङले भने, ‘यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानु पर्ने हो कि भनेर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .