ad ad

समाज


आज एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१

आज एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ७:३३,

कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी आज मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन्।

‘जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साेमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएकाे थियाे।

याेसँगै देशभर संक्रमितकाे संख्या १९१ पुगेकाे छ।

याे पनि: 
थप १३ जनामा कोरोना पुष्टि, सोमबार एकैदिन २४ जना थपिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .