राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्र पार्टीले ६ स्थानमा जित र १०७ सिटमा अग्रता लिएको छ।
बिहीबार सम्पन्न निर्वाचनको जारी मतगणनामा रास्वपाले उक्त स्थानमा अग्रता लिएको हो।
रास्वपाले कोशी प्रदेशअन्तर्गत मोरङका ६, सुनसरीका ४, झापाका ५ र उदयपुर–१ मा रास्वपाको अग्रता छ।
यस्तै मधेश प्रदेशका ३० निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता हुँदा रौतहट–२ कांग्रेसको अग्रता छ। धनुषा १ को मतगणना भएको छैन। यस्तै बागमती प्रदेशका ६ ठाउँमा विजयी भएको रास्वपा २० ठाउँमा अगाडि छ।
काठमाडौं उपत्यकाका १०, नुवाकोटका २, चितवनका ३, मकवानपुरका २ क्षेत्रमा देलखा र धादिङ १ मा रास्वपा अगाडि छ।
गण्डकीमा कास्कीका ३, स्याङ्जा १, तनहुँका २, नवलपुरका २, बाग्लुङ २ र पर्वतमा पनि रास्वपाको अग्रता छ।
लुम्बिनीमा गुल्मी १, पाल्पा २, अर्घाखाँची, रुपन्देहीका ५, कपिलवस्तु १, दाङका ३, बाँके १ र ३, बर्दिया २, नवलपासीका २ क्षेत्रमा रास्वपा अगाडि छ। यस्तै कर्णालीको सुर्खेत २ मा अगाडि रहेको रास्वपा सुदूरपश्चिम प्रदेशका कैलालीका ५, कञ्चनपुरका ३, डडेल्धुरामा अगाडि छ।
Shares

प्रतिक्रिया