बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शुक्रबार साँझसम्म पाँच ठाउँको परिणाम आएको छ।
रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्।
प्रचण्डले १० हजार २४० मत ल्याउँदा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन्। यस्तै कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाउँदा रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्।
यस्तै काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाए।
राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्। काठमाडौं – ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन्।
काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। खनालले २७ हजार ७११ मत पाउँद कांग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाएका छन्।
मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी भएका छन्। गौचनले ३ हजार ७०७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्।
मनाङमा कांग्रेसले विजयी भएको छ। कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले दुई हजार ४१५ मत प्राप्त गरेर विजयी भएका छन् भने नेकपाकी यशोदा गुरुङ सुवेदीले ४५४ मत प्राप्त गरेकी छन्।
Shares

प्रतिक्रिया