धादिङ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आसिका तामाङले सुरुवाती चरणमै सबैलाई चकित पार्दै भारी अग्रता लिएकी छन्। पछिल्लो नतिजाअनुसार आसिकाले ६,३३८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेकी छन्।
राजनीतिमा आउनुअघि सामाजिक अभियन्ताका रूपमा परिचित आसिकाले नेकपा एमालेका अनुभवी नेता भूमिप्रसाद त्रिपाठी (३,१३७ मत) लाई झन्डै दोब्बर मतान्तरले पछाडि पारेकी छन्।
रोचक त के छ भने, यसै क्षेत्रका नेकपाका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे मात्र १,६५४ मतका साथ चौथो स्थानमा खुम्चिएका छन्। नेपाली कांग्रेसका कृष्ण रिजालले २,००० मत पाएका छन्। आसिका टिकटक र सामाजिक सञ्जालमार्फत चर्चित छिन्।
402
Shares

प्रतिक्रिया