मकवानपुर–२ मा २ हजार १९१ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघि देखिएको छ।
मनहरी गाउँपालिका–९ नम्बर वडाको मतगणना गर्दा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले १ हजार १४३ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले २७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले ३ सय मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लवशेर विष्ट १८४ मत सहित चौथो स्थानमा छन्।
यस क्षेत्रमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका महेश कुमार बर्तौला विजयी भएका थिए। हाल मतगणना जारी छ।
यस क्षेत्रमा पर्ने ६२ वडामध्ये एउटा वडाको मतपरिणाममा रास्वपा अघि देखिएको हो। मनहरी गाउँपालिका रास्वपाका उप्रेतीको गृहपालिका हो।
मकवानपुर–२ मा १ लाख ५६ हजार मतदाता रहेकोमा ९१ हजार २४१ मत खसेको छ।
Shares

प्रतिक्रिया