राजनीति


सर्लाही ४ मा सुरुवातमै गगन अमरेशसँग पछि परे

सर्लाही ४ मा सुरुवातमै गगन अमरेशसँग पछि परे

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १३:२६, काठमाडौँ

सर्लाही क्षेत्र नम्बर ४ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ। 

सर्लाही ४ मा सुरुवातमै कांग्रेसका सभापति गगन कुमार थापा पछि परेका छन्। 

थापाले सातसय ४४ मत पाउँदा रास्वपाका अमरेश सिंहले ९ सय ७६ मत पाएका छन्। 

यो क्षेत्रमा जनमतका उम्मेदवारले ५११ र एमालेले १९५ मत पाएका छन्। 

अहिले मतगणना भइरहेको ठाउँ सिंह बसोबास गर्ने पालिकाको हो। सर्लाही क्षेत्र नम्बार ४ को मतगणना शुक्रबार बिहान १०ः२० बजेदेखि  सुरु भएको हो।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad