राजनीति


सर्लाही ४ मा अमरेश सिंहको 'होम ग्राउन्ड' बलराबाट खुल्यो मतपेटिका

सर्लाही ४ मा अमरेश सिंहको 'होम ग्राउन्ड' बलराबाट खुल्यो मतपेटिका

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ११:२, काठमाडौँ

सर्लाही सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदानको गणना कार्य सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक चरणमा बलरा नगरपालिकाका विभिन्न वडाहरूको मतपेटिका खोलिएको छ।

विशेष गरी रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंहको गृह नगरसमेत रहेको बलराका ३, ५, ६, ७, १० र ११ नम्बर वडाका मतपेटिकाहरू गणनाका लागि छानिएका छन्। अमरेश सिंहको बलियो पकड क्षेत्र मानिने यी वडाहरूबाट गणना सुरु भएकाले प्रारम्भिक नतिजा कस्तो आउला भन्नेमा सबैको चासो बढेको छ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा रहेका सिंह र अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुक्ष्म ढंगले गणना अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad