कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दिपक बोहराले मतान्तर बढाउँदै लगेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बोहराले ७४८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एनपी साउदले ३९४ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का बचनबहादुर सिंहले २४३, नेकपाका माधव पन्तले ९८ र राप्रपाका तीर्थराज चटौतले ७० मत पाएका छन्।
बिहीबार बिहान पौने ५ बजेसम्म १ हजार ६८० मत गणना भएका छन्। जसमा ७३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
603
Shares

प्रतिक्रिया