काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन्।
शुक्रबार बिहान २ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार, श्रेष्ठले एक हजार ७१५ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का राजेश शाक्यले ११५ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, नेपाली कांग्रेसकी सपनाराज भण्डारीले २०७ मत पाएकी छन्। त्यस्तै, नेकपाका सुमन सायमीले १५४ मत पाएका छन्।
अहिलेसम्म दुई हजार ४७८ मतगणना भएको छ। यसमा ५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
225
Shares

प्रतिक्रिया