बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो ।
सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँके डुडुवा गाउँपालिका–१ बाट मतगणना सुरु भएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सुधांशु कोइराला, एमालेबाट मोहम्मद इश्तियाक राई, नेकपाबाट दीपेन्द्र विष्ट, आम जनता पार्टीका अब्दुल उमर साई, रास्वपाबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायत उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्।
48
Shares

प्रतिक्रिया