कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरखरै मतगणना सुरु भएको हो। यसअघि बसेको सर्वदलीय बैठकले आजै मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
पोखरा महानगरपालिकाको वडा नं. ३३ बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो क्षेत्रमा नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेकपा (एमाले)का रश्चि आचार्य, नेकपाका हेमबहादुर थापा पराजुली, रास्वपाका उत्तमप्रसाद पौडेल र राप्रपाका हेमजंग गुरुङलगायत प्रतिस्पर्धामा छन्।
102
Shares

प्रतिक्रिया