आज फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएपछि उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।
मतदानको समय (साँझ ५ बजे) सकिनासाथ झापा-५ का उम्मेदवार बालेनले फेसबुकमा प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै उनको तारिफ गरेका हुन्।
बालेनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
आज प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मुख्य जिम्मेवारी पूरा गरेको छ।
जेनजी आन्दोलनकै कारण २०८४ मा हुनुपर्ने प्रतिनिधि सभा निर्वाचन झन्डै २ वर्षअघि नै भएको हो।
Shares

प्रतिक्रिया