राजनीति


देशभरको मतदान अपडेट: बिहान ९ बजेसम्म खस्यो साढे ८ लाख भोट

देशभरको मतदान अपडेट: बिहान ९ बजेसम्म खस्यो साढे ८ लाख भोट

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:२६, काठमाडौँ

आज बिहान ७ बजेदेखि केही मतदानस्थलबाहेक देशभर मतदान जारी छ।

यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ।

मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो। 

प्रहरी प्रधान कार्यालयका अनुसार कोसीका ६ वटा मतदानस्थलबाहेक देशका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।

६ वटामा भने मतदाता भने यो खबर बनाउँदासम्म उपस्थित भइसकेका छैनन्। १ हजार ९०६ वटा मतदान केन्द्र मध्ये १ हजार ९०० मतदान स्थलमा मतदान जारी छ। 

मधेसका २ हजार १७८ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ। बागमतीका उपत्यकाबाहेक १ हजार २ ८८ वटा र उपत्यकाका ५२७ वटा मतदानस्थलमा मतदान जारी छ। 

सुदूरपश्चिमका १ हजार १९३ स्थान मध्ये ५ वटाबाहेक सबैमा मतदान भइरहेको छ। कर्णालीका भने ६४ वटा मतदानस्थलमा मतदाता उपस्थित भइसकेका छैनन्। त्यहाँ ९५७ वटा मतदानस्थल छन्।

लुम्बिनी प्रदेशका पनि ५ स्थानबाहेक सबै मतदानस्थलमा बिहानैबाट मतदान चलिरहेको छ। त्यहाँ १ हजार ६९४ वटा मतदानस्थल छन्।

गण्डकीका १ हजार २९७ स्थलमध्ये ११६ वटामा मतदाता नआएका कारण सुरु भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad