राजनीति


बालेनले गरे सिनामंगलबाट मतदान, अब झापा जाने

बालेनले गरे सिनामंगलबाट मतदान, अब झापा जाने

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ७:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौँबाट मतदान गरेका छन्। 

झापा–५ बाट उम्मेदवारी दिए पनि उनको मतदाता नामावली काठमाडौँमै छ।

सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले केहीबेरअघि मतदान गरेका बालेनको सचिवालयले जनाएको छ। 

मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै झापा ५ जाने कार्यक्रम छ।

‘मतदान लगत्तै उहाँ झापा जानुहुन्छ। प्लेन चल्यो भने प्लेनमा नभए हेलिकोप्टरबाट भएपनि उहाँ झापा पुग्नुहुन्छ’ बालेनको सचिवालयलका एक सदस्यले भने, ‘उहाँ आज सकभर आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा पुग्नुहुन्छ। चारवटै पालिकाका मतदाता भेट्नुहुनेछ।’

रास्पाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेनले पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad